Logo

एभीसी सेन्ट्रल जोन भलिवलमा आज दुबै सेमिफाइनल खेल हुने

ई-खेलकुद २०७६ भदौ ५ , बिहीबार ०९:०८ मा प्रकाशित

काठमाण्डौ । नेपालमा जारी एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा आज दुबै सेमिफाइनलका खेल हुदैछन् । पहिलो सेमिफाइनलमा अपरान्ह ३ बजे किर्गीस्तान र तुर्कमेनिस्तानबिच प्रतिस्पर्धा हुनेछ । किर्गीस्तान समुह ए को विजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेको हो भने तुर्कमेनिस्तान समुह बी को उपबिजेता टोली हो । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कभर्डहलमा सेमिफाइनल भिडन्त सुरु हुनेछ ।
सोहि कोर्टमा साँझ ५ बजे समुह बीको बिजेता उज्वेकिस्तान र समुह एको उपबिजेता माल्दिभ्सबिच दोस्रो सेमिफाइनल भिडन्त हुनेछ । उज्वेकिस्तान शत प्रतिशत नतिजासंगै समुह बिजेता बनेको हो भने माल्दिभ्सले हिजो भएको खेलमा नेपाललाई हराउदै समुह उपविजेताका रुपमा अन्तिम चारको यात्रा तय गरेको हो ।
समुह चरणका दुबै खेलमा पराजित नेपालले पाँचौ स्थानका लागि भोली अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?