Logo

एभीसी सेन्ट्रल जोन भलिबल खेल्न आज थप ४ टोली काठमाण्डौ आउदै

ई-खेलकुद २०७६ साउन ३१ , शुक्रबार ०४:०८ मा प्रकाशित

साउन ३१, काटमाण्डौ ।
एसियन सेन्ट्रल जोन एभीसी भलिबल प्रतियोगिता खेल्न आज थप ४ टोली नेपाल आउदैछन् । सोमबारबाट सुरु हुने प्रतियोगिता खेल्न माल्दिभ्सको टोली केहिबेर अघि काठमाण्डौ आईपुगेको छ । बंगलादेशको टोली मध्यान्ह १२ बजे काठमाण्डौ आईपुग्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिता खेल्न आजै राती किर्गीस्तान र तुर्केमिनिस्तानको टोली काठमाण्डौ आईपुग्ने चन्दले जानकारी दिनुभयो । उज्वेकिस्तानको टोली भने भोली बिहान मात्र काठमाण्डौ आईपुग्ने छ ।

प्रतियोगिता खेल्न अफगानिस्तानको टोली भने यसअघि नै काठमाण्डौ आईसकेको थियो । उसले नेपालसंग २ वटा मैत्रीपुर्ण खेल पनि खेलिसकेको छ ।

ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कभर्डहलमा हुने प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । तुर्केमिनिस्तान प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?