
काठमाण्डौ । बंगलादेशमा जारी एसीयन सेन्ट्रल जोन एभीसी भलिबल प्रतियोगीताको आफ्नो पहिलो खेलमा नेपाली महिला टोलीले अफगानिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सहिद सुहाराबर्दी भलिबल कोर्टमा नेपाली समयानुसार दिउसो पौने १ बजे कोर्टमा उत्रदा नेपाली टोली प्रतियोगीतामा सुखद सुरुवात गर्ने योजनामा रहेको छ । पहिलो खेलमा हिजो आयोजक बंगलादेशसंग सोझो सेटले पराजित भएको अफगानिस्तान बलियो टोली नेपालबिरुद्ध प्रर्दशन सुधारको अपेक्षामा रहेको छ । अरुणा शाहिको कमानीमा पहिलो औपचारिक प्रतियोगीता खेल्न लागेको नेपाल पहिलो खेलबाट उपाधि दाबेदार टोलीका रुपमा उभ्याउन चाहान्छ ।
प्रतियोगीतामा नेपालले भोली किर्गीस्तानसंग, मंगलबार आयोजक बंगलादेशसंग र बुधबार माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । समुहचरणको खेलपछि शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
