
काठमाण्डौ । एभीसी एसियन सिनियर मेन्स भलिबल च्याम्पियन्सीप प्रतियोगितामा आज विभिन्न ३ खेल हुदैछन् । ललितपुरको लगनखेलस्थित नेपाल आर्मीको कर्भड हलमा आजको पहिलो खेलमा अपरान्ह ३ बजे समुह बी अन्र्तगतका अफगानिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । हिजो भएका खेलमा पराजित यी दुबै टोली पहिलो जित निकाल्ने योजनामा रहने छन् । उद्घाटन खेलमा अफगानिस्तान तुर्कमिनिस्तानसंग पराजित भएको थियो । बंगलादेश भने उज्वेकिस्तानसंग पराजित भएको थियो ।
आजको दोस्रो खेलमा समुह बी अन्र्तगतका तुर्कमेनिस्तान र उज्वेकिस्तान आमने सामने हुनेछन् । पहिलो खेलमा जित निकालेका दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । सोहि कोर्टमा साँझ ५ बजे दोस्रो खेल सुरु हुनेछ ।
तेस्रो खेलमा राती ७ बजे समुह ए अन्र्तगतका माल्दिभ्स र किर्गिस्तानबिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल खेल्न लागेको माल्दिभ्स किर्गिस्तानबिरुद्ध शसक्त प्रर्दशन गर्दै जित हात पार्ने योजनामा रहदा, आयोजक नेपाललाई हराएको किर्गिस्तान शत प्रतिशत नतिजासंगै सेमिफाइनल पुग्ने योजनामा हुनेछ ।
७ टोली सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले भोली माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ ।
