Logo

एभीसी सेन्ट्रल जोन भलिबलमा उज्वेकिस्तानले बंगलादेशलाई हरायो

ई-खेलकुद २०७६ भदौ २ , सोमबार ०७:०८ मा प्रकाशित

काठमाण्डौ । एभीसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल प्रतियोगितामा उज्वेकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । समुह बी अन्तर्गत आज भएको खेलमा बंगलादेशलाई ३–० को सेटले हराउदै उज्वेकिस्तानले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । पहिलो र दोस्रो सेटमा समान २५–१६ को जित निकालेको उज्वेकिस्तानले तेस्रो सेटमा २५–२३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो ।
कमजोर प्रर्दशन गरको बंगलादेशले आफ्नो क्षमता अनुसारको खेल प्रर्दशन गर्न नसक्दा हार भोग्न बाध्य भयो । नेपाली दर्शकको उल्लेख्य साथ पाएको बंगलादेशले त्यसको भरपुर उपयोग भने गर्न सकेन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?