
काठमाण्डौ । एभीसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको पाँचौ संस्करण आज सुरु हुदैछ । आयोजक नेपाल सहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेलमा तुर्केमिनिस्तान र अफगानिस्तानबिच प्रतिस्पर्धा हुनेछ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कर्भड हलमा बिहान १० बजे उद्घाटन खेल सुरु हुनेछ ।
नेपालले आजै किर्गिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेल पनि सोहि कोर्टमा अपरान्ह ४ बजे सुरु हुनेछ । बलियो टोली किर्गिस्तानलाई हराउन सके, एक खेल अगाबै नेपाल सेमीफाइनल पुग्नेछ । तर नेपालका लागि त्यो सहज भने पक्कै छैन् । किर्गिस्तानसंग यसअघि भएका चारै भेटमा पराजित भएको तथ्यङकले पनि नेपाललाई केहि कठिन हुने देखिएको छ । यद्यपी घरेलु मैदानमा आयोजना भएको प्रतियोगितामा नेपाल नतिजा उल्टाउन चाहान्छ ।
आजै हुने तेस्रो खेलमा साँझ ६ बजे बंगलादेश र उज्वेकिस्तान आमने सामने हुनेछन् । समुह एमा ३ र समुह बीमा ४ टोली रहेकाले एक जितले मात्र समुह एका टोलीलाई सेमिफाइनलमा पुर्याउनेछ । नेपालले समुहचरणको आफ्नो अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ ।
