Logo

एभिसी सेन्ट्रल जोन भलिवलका लागि अरुणाको कमानीमा नेपाली टोलीको घोषणा

ई-खेलकुद २०७६ कात्तिक १९ , मंगलबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशको ढाकामा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ । नेपाल भलिबल संघले अरुणा शाहिको कमानीमा १२ सदस्यीय टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोलीको घोषणा गरिएको हो ।

टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी,पुनम चन्द र जानकी भण्डारी रहेका छन् । अन्य सदस्यहरुमा सुनिता खड्का, सोफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन, र सलिना श्रेष्ठ रहेका छन् । एभिसी सेन्ट्रल जोन कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा हुनेछ । प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कमिनिस्तानसंग प्रतिस्पर्धा गर्नेछन् ।
अन्तराष्ट्रिय प्रशिक्षणका लागि थाईल्याण्डबाट एक महिनाको प्रशिक्षणबाट स्वदेश फर्किएको भोलीपल्ट भलिबल संघले अन्तिम टोलीको घोषणा गरेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?