Logo

एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधिका लागि उज्वेकिस्तान र किर्गीस्तान भिड्दै

ई-खेलकुद २०७६ भदौ ७ , शनिबार ०८:०८ मा प्रकाशित

काठमाण्डौ । एभिसी सेन्ट्रल जोन भलिबल प्रीतयोगिताको उपाधिका लागि किर्गीस्तान र उज्वेकिस्तानबिच प्रतिस्पर्धा हुदैछ । समुह चरणमा शत प्रतिशत नतिजा निकालेका दुबै टोलीलाई प्रतियोगिता अघि नै उपाधिका मुख्य दाबेदार टोलीका रुपमा हेरिएको थियो । सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई तथा किर्गीस्तानले तुर्कमेनिस्तानलाई हराउदै उपाधि यात्रा तय गरेका थिए ।
यी दुई टोलीबिचको उपाधि भिडन्त ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कभर्ड हलमा दिउ“सो २ बजे सुरु हुनेछ । ७ राष्ट्र सहभागी प्रतियोगितामा तुर्कमेनिस्तान तेस्रो, माल्दिभ्स चौथो र नेपालले पाँचौ स्थान हात पारिसकेका छन् । नेपालसंग पराजित अफगानिस्तान छैठौ र बंगलादेश सातौ स्थानमा रहे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?