Logo

एभर्टनसंग लिभरपुलको लज्जास्पद हार

ई-खेलकुद २०७७ फागुन ९ , आईतबार ०८:०२ मा प्रकाशित

एजेन्सी । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा एभर्टन र फुल्ह्याम विजयी भएका छन् । गएरातीका २ खेल भने बराबरीमा सकिएका छन् । साविक विजेता लिभरपुललाई हराउदै एभर्टनले उसैसंग अंक बराबरी गरेको हो । लिभरपुलको मैदान एन्फिल्डमा एभर्टनलाई जिताउन रिचार्लिसन र गिल्फी सेगुर्डसनले गोल गरे । सन् १९९९ पछि एभर्टनलले लिभरपुललाई उसैको मैदानमा पहिलो पटक हराएको हो । खेलको तेस्रो मिनेटमा रिचार्लिसनको गोलमा अग्रता बनाएको एभर्टनका लागि सेगुर्डसनले ८३ औ मिनेटमा पेनाल्टिमार्फत अर्को गोल थपेका थिए ।
२४ खेलबाट एभर्टनको ४० अंक भएको छ । उ तालिकाको सातौ स्थानमा छ । एक खेल बढि खेलेको लिभरपुलको पनि समान अंक छ । यद्यपी गोलअन्तरमा अघि रहदै लिभरपुलले एभर्टनलाई पछि पारेको हो । सेफिल्ड युनाईटेडलाई १–० ले हराएको फुल्हम रेलिगेशन क्षेत्रबाट माथी उठ्न संर्घषरत छ ।
गएराती नै चेल्सी साउथहेम्प्टनसंग एक एक गोलको बराबरीमा रोकिदा बर्नली र वेष्टब्रोमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रिमियर लिग लिभरपुल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?