
एजेन्सी । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा आर्सनल र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एभर्टनको होम ग्राउण्ड गुडिसन पार्क रंगशालामा आर्सनलले गोलरहित बराबरीको नतिजामा चिक्त बुझाएको हो । खेलमा ५७ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारे पनि आर्सनलले पाएका अवसर सदुपयोग गर्न सकेन् । घरेलु समर्थकका बिच एभर्टनको रक्षापक्तिले आर्सनलका प्रयास बिफल पारेका थिए ।
रक्षात्मक खेल खेलेको एभर्टनले आर्सनलको पोष्टमा आक्रमणका खासै अवसर सृजना गर्न सकेन् । आर्सनलका ३ शसक्त प्रहार भने असफल भएका थिए ।
बराबरीसंगै दुबै टोली एक स्थान माथि उक्लिएका छन् । १८ खेलबाट आर्सनल २३ अंकमा नवौ तथा एभर्टन १९ अंकमा १५ औ स्थानमा पुगेका हुन् ।
