Logo

एभर्टनबिरुद्ध युनाईटेडको सहज जित

ई-खेलकुद २०७७ कात्तिक २२ , शनिबार ०८:११ मा प्रकाशित

एजेन्सी । म्यानचेष्टर युनाईटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित हात पारेको छ । सातौ चरणको खेलमा एभर्टनलाई ३–१ गोल अन्तरले हराउदै म्यान युनाईटेडले तालिकाका सुधार गरेको हो । एभर्टनको मैदानमा युनाईटेडलाई जिताउन ब्रुनो फर्नाण्डेजले २ तथा एडिसन काभानीले १ गोल गरे । एभर्टनका बेनार्डले एक गोल गरे ।
खेलमा अग्रता भने घरेलु टोलीले खेलको १९ औ मिनेटमा लिएको थियो । २५ र ३२ औ मिनेटमा फर्नाण्डेजले गोल गरेपछि युनाईटेडले खेलमा अग्रता लिएको थियो । काभानीले ईन्जयुरी समयमा अर्को गोल थपेका थिए ।
जारी सिजन युनाईटेडको यो तेसो जित हो । ७ खेलबाट १० अंक जोडेको युनाईटेड तालिकाको १३ औ स्थानमा उक्लिएको छ । एक खेल बढि खेलेको एभर्टन १३ अंकमा तालिकाको पाँचौ स्थानमा छ । यो हारसंगै उसको शीर्ष स्थानमा उक्लने मौका समेत गुमेको छ ।
प्रिमियर लिगका आजै क्रिष्टल प्यालेस र लिड्स युनाईटेड, चेल्सी र सेफिल्ड युनाईटेड तथा वेष्टह्याम र फुल्ह्याम प्रतिस्पर्धा गर्नेछन् ।

प्रिमियर लिग म्यानचेष्टर युनाईटेड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?