Logo

एफसी अण्डर १९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले युएईसंग खेल्ने

ई-खेलकुद २०७६ असोज १३ , सोमबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । आसन्न एएफसी अण्डर १९ च्याम्पियनसिप छनोटको उद्घाटन खेलमा नेपालले युएईसंग प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ एएफसीले सार्बजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा नोभेम्बर ६ मा नेपाल र युएई प्रतिस्पर्धा गर्ने भएका छन् । समुह डीमा रहेको नेपालले दोस्रो खेलमा नोभेम्बर ८ मा आयोजक ईरानको सामना गर्नेछ । त्यस्तै समुहचरणको अन्तिम खेलमा नेपालले नोभेमबर १० मा किर्गीस्तानसंग खेल्नेछ ।
समुहको शीर्ष स्थानमा रहने टोलीले अघिल्लो चरणमा स्थान बनाउनेछ । ११ समुह मध्ये दोस्रो स्थानमा रहने उत्कृष्ट ५ टोलीले पनि अघिल्लो चरणमा स्थान सुरक्षित गर्नेछन् ।
१६ टोलीले खेल्ने एएफसी अण्डर १९ च्याम्पियनसिप फुटबल प्रतियोगिता उज्वेकिस्तानमा सन् २०२० को अक्टोबर १४ देखी ३१ सम्म हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?