Logo

एफए अध्यक्ष क्लार्कद्धारा राजिनामा

ई-खेलकुद २०७७ कात्तिक २६ , बुधबार ०९:११ मा प्रकाशित

एजेन्सी । विवादास्पद अभिब्यक्तिका कारण विवादमा परेका इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) का अध्यक्ष ग्रेग क्लार्कले राजीनामा दिएका छन् । एक बैठकका क्रममा उनले रंगभेदीय भाषाको प्रयोग गरेपछि उनको चौतर्फि आलोचना हुदै राजिनामा माग हुदै आएको थियो । ईङल्याण्ड फुटबल संघ एफएले क्लार्कले राजीनामा दिएको पुष्टि गर्दै पिटर म्याककोर्मिकलाई अन्तरिम अध्यक्षको जिम्मेबारी दिएको जनाएको छ ।
६३ वर्षीय क्लार्कले खेलकुद कमिटीको बैठकमा रंगभेदीय भाषाको प्रयोग गरेका थिए । त्यसलगत्तै उनले सो बिषयमा गल्ती भएको भन्दै माफि समेत मागेका थिए । तर चौतर्फि दबाव बढ्न थालेपछि उनले पद छाड्ने निर्णय लिएका हुन् । उनी सन् २०१६ बाट एफएको नेतृत्वमा रहेका थिए ।

एफए ग्रेग क्लार्क

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?