Logo

एपीएफ शरदको कमानीमा मैदान उत्रने

ई-खेलकुद २०७७ पुस २९ , बुधबार ०५:०१ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली नेपाल एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीताका लागि टोलीको घोषणा गरेको छ । एपीएफले शरद भेषावकरको कमानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीमा वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी र सुमित महर्जन रहेका छन् । विभागीय टोलीका अन्य सदस्यहरुमा रित गौतम, किशोर महतो, भुवन कार्की, आसिफ शेख, अमर सिंह राउटेला, सूर्य तामाङ र अभिनास बोहरा पनि रहेका छन् ।
एपीएफ अघिल्लो सिजन बसन्त रेग्मीको कमानीमा मैदान उत्रिएको थियो । किशोर महतो, सूर्य तामाङ र रित गौतम पहिलो पटक एपिएफबाट खेल्न ललागेका हुन् ।
प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म काठमाण्डौको टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा हुदैछ ।
७ प्रदेश र ३ विभागीय टोलीले सहभागीता जनाउने प्रतियोगीतामा सहभागी समुहलाई २ समुहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफसँगै त्रिभुवन आर्मी, गण्डकी, प्रदेश १, र कर्णाली प्रदेश रहेका छन् ।
नेपाल पुलिस, प्रदेश दुई,बाग्मती, सुदुरपश्चिम र लुम्बीनी प्रदेशले समुह बीबाट प्रतिस्पर्धा गर्नेछन् ।

एपीएफ प्रधानमन्त्री कप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?