Logo

एपीएफ विराट गोल्डकपको फाईनलमा

ई-खेलकुद २०७८ वैशाख १ , बुधबार ०९:०४ मा प्रकाशित

विराटनगर । विभागीय टोली शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब छैटौ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाईनलमा आयोजक विराटनगर-११ लाई ३–२ गोल अन्तरले हराउदै एपीएफले उपाधि यात्रा तय गरेको हो । विराटनगरस्थित सहिद रंगशालामा अतिरिक्त समयमा धकेलिएको खेलमा एपीएफले बाजी मारेको हो । निर्धारित समयको गोल २–२ गोलको बराबरीमा सकिएपछि खेल एक्स्ट्रा समयमा धकेलिएको थियो ।

एपिएफलाई जिताउन मणि लामा, सनिश श्रेष्ठ र रवि थिङले गोल गरे । विराटनगरका प्रकाश बुढाथोकी र स्टेफन समीरले गोल फर्काए । खेलको २६औँ मिनेटमा सनीश श्रेष्ठले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । ५४औँ मिनेटमा स्टेफन समीरले गोल गरेपछि विराटनगर बराबरीमा फर्कियो । ६७ औँ मिनेटमा रवि थिङले गोल गर्दै एपिएफलाई पुनः अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै प्रकाश बुढाथोकीले गोल गर्दै घरेलु टोलीलाई २–२ को अवस्थामा पुर्याएका थिए । खेलको अन्तिम समयमा मणिले गोल गर्दै एपीएफलाई जित दिलाए ।

एपीएफले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा भोली संकटा क्लब र भारतको पञ्जाव पुलिस एफसी प्रतिस्पर्धा गर्नेछन् । ४ बिदेशीसहित १० टोली सहभागी गोल्डकपको उपाधि विजेताले १५ लाख रुपैया हात पार्नेछ ।

नेपाल एपिएफ विराट गोल्डकप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?