Logo

एपीएफ र हिमालयन शेर्पाले एक एकको बराबरी खेल्दै अंक बाँडे

ई-खेलकुद २०७६ पुस ६ , आईतबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजको खेल बराबरीमा सकिएको छ । दिनको एक मात्र खेलमा शसस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाले एक एकको बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुबै टोलीले दोस्रो हाफमा गोल गर्दै बराबरीको नतिजा निकालेका हुन् ।
४७ औं मिनेटमा त्रिदेभ गुरुङले हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । लगत्तै एपीएफका प्रविन कुमार स्याङतानले एपीएफलाई बराबरीमा पुर्याए ।
दोस्रो हाफ निक्कै प्रतिस्पर्धात्मक बनेपनि दुबै टोलीले थप अवसरको सदुपयोग गर्न नसक्दा एक एक अंकमा चित्त बुझाएका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?