Logo

एपीएफ उपाधि नजिक, साबित्राको ह्याट्रिक

ई-खेलकुद २०७६ पुस ७ , सोमबार ११:१२ मा प्रकाशित

काठमाण्डौ । विभागीय टोली नेपाल एपीएफ प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबलको फाईनलमा प्रबेश गरेको छ । आज बिहान भएको विभागीय डर्बीको प्रतिस्पर्धामा नेपाल पुलिलाई ५–२ गोल अन्तरले हराउदै पीएफले उपाधि यात्रा तय गरेको हो । भद्रकालीस्थित आर्मी मुख्यालयको खेल मैदानमा निर्धारित समय २–२ को बराबरी भएपछि थपिएको अतिरिक्त समयमा एपीएफले बाजी मारेको हो ।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । रेखा पौडेल र अनिता बस्नेतको नाममा एक एक गोल रह्यो । तेस्रो मिनेटमा साबित्राको गोलबाट एपीएफले अग्रता बनाए पनि ४३ औ मिनेटमा निशा सुनुवारले बराबरी गोल गरेकि थिईन् । पहिलो हाफको इन्ज्युरी समयमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई दोस्रो पटक अग्रता दिलाईन् । ८७ औं मिनेटमा घिमकुमारी गुरुङले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो ।
अतिरिक्त समयको १ सय ७ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ३–२ ले अगाडि बढाईन् । त्यसको दुई मिनेट लगत्तै रेखाले गोल गर्दै एपीएफलाई ४–२ को अबस्थामा पुर्याईन् ।
१ सय १५ औं मिनेटमा सावित्राले ह्याट्रिकसंगै टोलीको जित निश्चित पारिन् । दोस्रो सेमिफाइनलमा दिउँसो दुई बजे आर्मी र भुटान प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?