Logo

एपीएफले रक्षा गर्यो दिदी बहिनी कप भलिबलको उपाधि

ई-खेलकुद २०७६ फागुन १० , शनिबार ०३:०२ मा प्रकाशित

File Photo

पर्वत । विभागीय टिम एपीएफले दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । पर्वतको वेनीमा आज भएको फाईनलमा अर्को विभागीय टोली नेपाल पुलिसलाई ३–१ को सेटले हराउदै एपीएफले चौथो संस्करणको उपाधि पनि आफ्नो नाममा लेखाएको हो । पहिलो सेट १५–२५ ले गुमाएको एपीएफले त्यसपछिका सेटमा २५–१८, २५–२१ र २५–१२ को जित हात पारेको थियो । उपाधि विजेता एपीएफले २ लाख रुपैया प्राप्त गर्यो । पुलिस १ लाख रुपैयामै सिमित बन्यो ।
आजै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा त्रिभुवन आर्मीलाई सोझो सेटले हराउदै न्यु डायमण्ड एकेडेमी विजयी भएको थियो । डायमण्डले ५० हजार रुपैया हात पारेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?