Logo

एपीएफलाई हराउदै संकटा फाईनलमा

ई-खेलकुद २०७७ चैत्र २५ , बुधबार ०५:०४ मा प्रकाशित

पोखरा । संकटा क्लब पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि नजिक पुगेको छ । आज भएको पहिलो सेमिफाईनलमा विभागीय टोली नेपाल एपीएफलाई २–० ले हराउदै संकटाले फाईनलमा स्थान सुरक्षित गरेको हो ।
पोखरा रंगशालामा संकटालाई जिताउन सुबास गुरुङ र ग्लोरीले गोल गरे । ३३ औं मिनेटमा ग्लोरीकै पासमा सुबासले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
ग्लोरीले खेलको अन्तिम समयमा अर्को गोल गर्दै टोलीलाई सहज जित दिलाए । संकटाले उपाधिका लागि भोली हुने दोस्रो सेमिफाईनलको विजेतासंग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा भोली अफ्रिकन रुट एसोसिएसन र नेपाल पुलिस क्लब भिड्नेछन् । प्रतियोगीताको विजेता टोलीले १० र उपविजेता टोलीले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।

आहा रारा गोल्डकप संकटा क्लब

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?