Logo

एपीएफलाई हराउदै पुलिसले जित्यो उपाधि

ई-खेलकुद २०७७ फागुन १ , शनिबार ०२:०२ मा प्रकाशित

पोखरा । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।

पोखरा रंगशालामा आज भएको विभागीय डर्बीको  फाइनलमा एपीएफ क्लबलाई सोझो सेटले हराउदै पुलिसले उपाधि उचालेको हो । पुलिसले एपीएफलाई २५-२२, २५-२२ र २५-२१ को सेटले स्तब्ध पार्यो ।  लिग चरणको भेटमा पनि पुलिस ३-० ले नै विजयी भएको थियो । उपाधिसँगै पुलिसले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता एपीएफले ७५ हजारमा चित्त बुझायो ।

टाइगर कप नेपाल पुलिस

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?