Logo

एन्फा प्रबक्ता राईले दिए राजीनामा

ई-खेलकुद २०७८ साउन १८ , सोमबार ०३:०८ मा प्रकाशित

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् । एन्फा केन्द्रीय सदस्य राईले आज पदबाट राजीनामा दिएका हुन् ।

राईले अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् । एन्फाभित्र आन्तरिक विवाद बढेसंगै नेतृत्वबिचको ध्रुबिकरण समेत बढेको छ ।

राईले यसअघि नै राजिनामा दिने तयारी गरेपनि शीर्ष नेतृत्वले रोक्दै आएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?