Logo

एन्फा निर्वाचन : जसले आफैले आफैलाई मत दिएनन…

ई-खेलकुद २०७९ असार ६ , सोमबार १०:०६ मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन भएको थियो । एन्फाको आगामी कार्यकालका लागि पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । उनले बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै एन्फाको नेतृत्व हात पारेका हुन् ।

नेम्बाङ र शेर्पासँगै अध्यक्षमा राजिव पौडेलले पनि स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका थिए । तर उनले निर्वाचनमा शुन्य भोट पाए । आफै अध्यक्षमा उठेर आफैलाई भोट नहाल्ने अवस्था पौडेलले सृजना गरेका हुन् । कुल मतदातामध्ये शतप्रतिशत मत खस्दा नेम्बाङले ४५ र शेर्पाले ३९ मत पाए ।

यसको अर्थ पौडेलको मत यीनै २ मध्ये एक उम्मेद्वारलाई गएको देखियो । यसबिषयमा हामीले पौडेललाई सम्पर्क गर्दा उनले यो बिषयमा आफु बोल्न नसक्ने बताए । जे होस पौडेलले आफै उम्मेद्वार बनेर अर्कैलाई भोट खसालेको भने प्रमाणीत भएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?