
काठमाण्डौ । मुलुकको एक मात्र अन्तराष्ट्रिय रंगशाला दशरथ रंगशालाको निर्माणको बाँकि काम अखिल नेपाल फुटल संघ एन्फाले गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले अनुमती दिएसंगै आजबाट एन्फाले रंगशालामा मैदान निर्माणको काम सुरु गरेको हो ।
आसन्न विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतविरुद्धको होम खेललाई मध्यनजर राख्दै एन्फाले रंगशालाको निर्माणको कामलाई तिब्रता दिएको हो । पहिलो चरणमा मैदानको घाँस काट्ने काम सुरु गर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो । एक सातामा घाँस काट्ने काम सकिएपछि मैदानको अन्य ब्यबस्थापकिय काम सुरु गर्ने उहाँको भनाई छ ।
मैदानको निर्माणसंगै रंगशालाको भौतिक संरचना निर्माणको कामपनि संगै हुने राखेपले स्पष्ट पारेको छ । घरेलु मैदानमा आयोजना हुने १३ औ दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी राखेपले मैदानको निर्माणको काम गर्दै आएको थियो ।
