Logo

एन्फाले त्रिदेशीय फुटबल प्रतियोगीता गर्ने

ई-खेलकुद २०७७ फागुन २१ , शुक्रबार ०७:०३ मा प्रकाशित

काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ । आगामी चैतको दोस्रो साताबाट एन्फाले किर्गिस्तान र बंगलादेशसंगको प्रतियोगीता गराउन लागेको हो । दशरथ रंगशालामा हुने प्रतियोगीता चैत ९ देखी १७ सम्म चल्नेछ । एन्फाले आज प्रतियोगीता बारे औपचारिक जानकारी गराएको हो ।
प्रतियोगीतामा नेपाल र बंगलादेशका राष्ट्रिय टोली सहभागी हुनेछन भने किर्गीस्तानको २३ बर्ष मुनीको टोलीको सहभागीता रहनेछ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगीताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने भनिएको अष्ट्रेलियाविरुद्धको खेल रद्ध भएसंगै एन्फाले त्रिदेशीय प्रतियोगीता गर्न लागेको हो ।

एन्फा त्रिदेशीय फुटबल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?