
काठमाण्डौ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली टोलीको बिदाई गरेको छ । एन्फाले आज बिहान एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाई गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश सिलवालले खेलाडीको बिदाई गरेका हुन् । नेपाली टोली आईतबार कुबेत जानेछ । भदौ १९ गते कुबेतसंगको अवे खेल खेल्दै नेपालले दोस्रँे चरणको छनोटको सुरुवात गर्नेछ ।
एन्फाले कुबेतसंगै चाईनिज ताईपेईबिरुद्धको खेलका लागि हिजो २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको थियो ।
यसैबिच कुबेतबिरुद्धको खेलमा नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । प्रशिक्षक योहान कालिनले किरणलाई टोलीको कप्तानीको जिम्मेबारी दिएका हुन् । नियमित कप्तान बिराज महर्जन फिटनेसका कारण टिममा नपरेपछि किरणलाई कप्तानको जिम्मेबारी दिईएको हो । यसअघि मलेसियाली क्लबबिरुद्धको मैत्रीपुर्ण खेलमा सुजल श्रेष्ठले टोलीको कमानी सम्हालेका थिए ।
