Logo

एनभीए राष्ट्रिय भलिबलको बिजेताले ३ लाख पाउने

ई-खेलकुद २०७७ फागुन २० , बिहीबार ०५:०३ मा प्रकाशित

काठमाण्डौ । आगामी चैत १९ गतेबाट सुरु हुने पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको विजेताले ३ लाख प्राप्त गर्ने भएका छन् । नेपाल भलिबल संघले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको पुरस्कार राशी सार्बजनिक गरेको हो । लिगको महिला र पुरुष दुबैतर्फका विजेताले समान ३ लाख रुपैया प्राप्त गर्ने संघले जनाएको छ । अघिल्लो बर्षको पुरस्कार राशीमा ५० हजारले बृद्धि गर्दै यो बर्ष ३ लाख पुर्याईएको हो । प्रतियोगीताको उपविजेताले १ लाख ५० हजार, तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । बिधागत उत्कृष्ट खेलाडीले जनही १० हजार पाउने छन् । राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता चैत २६ गतेसम्म काठमाडौंमा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागीता रहनेछ ।

एनभीए लिग भलिबल

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?