Logo

एनआरटीविरुद्व आर्मीको संर्घषपूर्ण जित

ई-खेलकुद २०७८ पुस २४ , शनिबार ०७:०१ मा प्रकाशित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा संघर्षपूर्ण जित निकालेको छ । आठौँ चरणको खेलमा न्युरोड टिम एनआरटीलाई १–० ले हराउँदै आर्मीले तेस्रो स्थानको संकटासँगको दुरी घटाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आर्मीलाई जिताउन दिनेश हेम्जनले निर्णायक गोल गरे । खेलको १७ औ मिनेटमा जगजित श्रेष्ठको क्रसमा दिनेशले हेडमार्फत गोल गरेका थिए । विभागीय टोलीले लगातार जित खेलको बराबरीपछि जित निकालेको हो ।

यो जितसँगै ८ खेलबाट १४ अंक जोडेको आर्मी चौथो स्थानमा बलियो बनेको छ । एनआरटीभने १० अंकमा साँतौ स्थानमा छ । खेलको आर्मीका गोलकर्ता दिनेश म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?