
काठमाण्डौ । १३ औं साग अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपी चन्द पार्कीले स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १४ मिनेट ५४ दशमलव २० सेकेन्डको टाईमिङ निकाल्दै पार्किले स्वर्ण जितेका हुन् ।
सो स्पर्धामा भारतले रजत र नेपालका हरि रिमालले कास्य पदक हात पारेका छन् ।
