Logo

एट्लेटिको मड्रिड शीर्ष स्थानमा बलियो

ई-खेलकुद २०७७ पुस २९ , बुधबार ०९:०१ मा प्रकाशित

एजेन्सी । एट्लेटिको मड्रिड स्पेनीस ला लिगा फुटबलको शीर्ष स्थानमा बलियो बनेको छ । गएराती सेभियालाई २–० ले एट्लेटिकोले शीर्ष स्थानमा आफ्नो पकडलाई अझ बलियो बनाएको हो । उसको जितमा एन्जेल कोरेआ र सउल निगुएजले गोल गरे । १७ औ मिनेटमा कोरेआको गोलमा अग्रता बनाएको एट्लेटिकोका लागि ७६ औ मिनेटमा निगुएजले अर्को गोल थपेका थिए । १६ खेलबाट ४१ अंक जोडेको एट्लेटिको दोस्रो स्थानको रियल मड्रिड भन्दा ४ अंकले अघि बढेको हो । अझ एट्लेटिकोले रियलभन्दा २ खेल कम खेलेको छ । सेभिया भने ३० अंकमा तालिकाको छैटौ स्थानमा छ । गएराती नै ग्रानाडाले ओसासुनालाई २–० ले हरायो । जितका बाबजुत ग्रानाडा तालिकाको सातौ स्थानमा कायम छ । १८ खेलबाट उसको २७ अंक भएको छ ।

एट्लेटिको मड्रिड ला–लिगा

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?