Logo

एट्लेटिको मड्रिड शीर्ष स्थानमा, रियल बराबरीमा रोकियो

ई-खेलकुद २०७८ भदौ ७ , सोमबार ०९:०८ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एट्लेटिको मड्रिडले लगातार दोस्रो जित निकालेको छ । यो जितसंगै उसले शीर्ष स्थान कब्जा गरेको छ । गएराती इल्चेमाथि १–० गोलको जित निकाल्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन एन्जल कोरेर्राले निर्णायक गोल गरे । खेलको ३९औँ मिनेटमा कोरेर्राले गरेको एक मात्र गोल उसलाई ३ अंक दिलाउन पर्याप्त बनेको हो । दुई खेलमा ६ अङ्क जोड्दै एट्लेटिको शीर्ष स्थानमा पुगेको हो । सिजनको पहिलो खेलमा उसले सेल्टा डि भिगोलाई २–१ गोलले हराएको थियो ।
गएराती नै रियल मड्रिडले लेभान्तेसंग बराबरी खेल्दै अंक बाँडेको छ । लेभान्तेको मैदानमा भएको खेलमा दुबै टोलीले ३–३ गोलको बराबरी खेलेका हुन् । रियलका लागि भिनिसियस जुनियरले दुई तथा ग्यारेथ बेलले एक गोल गरे । घरेलु टिमका रोजर मार्टी, जोसे क्याम्पना र रोबर पेइरले गोल गरे । बराबरीसँगै दुई खेलमा चार अङ्क जोडेको रियल दोस्रो स्थानमा उक्लिएको छ । लेभान्ते भने दुई अङ्कका साथ आठौँ स्थानमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?