Logo

एटलान्टा च्याम्पियन्स लिगको नकआउट चरणमा

ई-खेलकुद २०७६ मंसीर २६ , बिहीबार १०:१२ मा प्रकाशित

एजेन्सी । एटलान्टा च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रबेश गरेको छ । समुह सी अन्तर्गतको खेलमा गएराती साख्तार डोनेत्सलाई ३–० ले हराउदै एटलान्टा समुहको दोस्रो स्थानमा रहदै अन्तिम १६ मा प्रबेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा उसले तीनै गोल दोस्रो हाफमा गर्दै जित हात पारेको हो । ६ खेलबाट ७ अंक जोडेको एटलान्टाले साख्तार डोनेत्स र डाईनामो जाग्रेभलाई पछि पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो । सोहि समुहको खेलमा म्यानचेष्टर सिटिले जाग्रेभलाई ४–१ ले स्तब्ध पार्यो । ग्राबियल जिससले ह्याट्रिक गरेको खेलमा फिल फोडेनले अर्को गोल थपेका थिए । सिटि १४ अंकमा समुहको शीर्ष स्थानमा रह्यो ।
गएरातीनै रियल मड्रिडले क्लब ब्रुजलाई ३–१ ले स्तब्ध पार्दा पेरिस सेन्ट जर्मेन पिएसजीले गालातासारेलाई ५–० को फराकिलो अन्तरले हरायो । विजेता दुबै टोली यसअघिनै नकआउट चरणमा प्रबेश गरिसकेका छन् ।
आफ्नो अपराजित यात्रा जारी राख्ने क्रममा बार्यन म्युनिखले टटनह्यामलाई ३–१ ले हरायो । अन्य खेलहरुमा ओलम्पियाकोसले रेडस्टार बेल्ग्रेडलाई १–० ले हराउदा एट्लेटिको मड्रिडले लोकोमोटिभ मस्कोलाई तथा युभेन्टसले वार्यन लिभरकुशानलाई समान २–० ले पराजित गरे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?