Logo

एकमात्र टेष्टमा बंगलादेशबिरुद्ध अफ्गानिस्तानको शानदार जित

ई-खेलकुद २०७६ भदौ २३ , सोमबार ०५:०९ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानले बंगलादेशबिरुद्धको एकमात्र टेष्टमा शनसनीपूर्ण जित निकालेको छ । योसँगै अफगानिस्तानले यो वर्ष खेलेका दुवै टेष्टमा जित निकालेको छ । टेष्ट मान्यता पाएपछि ३ वटामात्र टेष्ट खेलेको कान्छो राष्ट्र अफगानिस्तान आफ्नो पहिलो टेष्टमा इण्डियासँग पराजित भएको थियो ।

चटगाउँमा ३ सय ९८ रनको लक्ष्य पछ्याएको घरेलु टोली बंगलादेश आज अन्तिम दिन १ सय ७३ रनमा अलआउट भयो । पाँचौ दिनको खेल वर्षाले बारम्बार प्रभावित भएपछि अम्पाएरले १८ ओभर ३ ओभरमात्र सम्भव रहेको बताएका थिए । तर अफ्गानिस्तानी बलर १७ ओभर २ बलमै ४ विकेट लिन सफल भएपछि अफ्गानिस्तान ऐतिहासिक जित निकाल्न सफल भयो ।
क्याप्टेन सकिब अल हसनले ४४ र सद्मान इस्लामले ४१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेख्य हुन सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्न क्याप्टेन रसिद खानले ६ र जाहिर खानले ३ विकेट लिए । बंगलादेशले पहिलो इनिङ्समा २ सय ५ रन बनाएको थियो । रसिद खानको अलराउण्ड प्रदर्शनमा अफगानिस्तानले भने पहिलो इनिङ्समा ३ सय ४२ र दाोस्रोमा २ सय ६० रन बनाएको थियो । खानले दुवै इनिङ्समा ११ विकेट लिनुका साथै पहिलो इनिङ्समा अर्धसतक हानेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?