Logo

एकदिवसीय क्रिकेटमा कुशलको अर्धशतक

ई-खेलकुद २०७८ भदौ २८ , सोमबार १०:०९ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एक दिवसीय क्रिकेटमा अर्धशतक प्रहार गरेका छन् । ओमानमा जारी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा कुशलले अर्धशतक पुरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा कुशलको यो पहिलो अर्धशतक हो । उनले ६७ बलमा अर्धशतक पुरा गरेका हुन् । सो क्रममा उनले २ चौका र एक छक्का प्रहार गरे ।
अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा कुशल र आसिफ शेखले पहिलो विकेटका रुपमा ६६ रनको साझेदारी गरेका थिए । एकदिवसीय क्रिकेटमा नेपालले पहिलो विकेटका रुपमा बनाएको यो उच्च साझेदारी थियो । यसअघि नेपालको उच्च साझेदारी ६१ रनको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?