Logo

एएफसी यु १६ च्याम्पियनसिप छनोटमा जोर्डन र ताजाकिस्तानको फराकिलो जित

ई-खेलकुद २०७६ असोज २ , बिहीबार ११:०९ मा प्रकाशित

एजेन्सी । जोर्डनमा जारी एएफसी अण्डर १६ च्याम्पियनसिप छनोटका पछिल्ला खेलमा ताजाकिस्तान र जोर्डन बिजयी भएका छन् । आयोजक जोर्डनले श्रीलंकालाई ७–० को फराकिलो अन्तरले हराउदै जितको श्रृखला जारी राखेको हो । प्रिन्स महम्मद स्टेडियममा एकतर्फि खेलमा जोर्डनले सहज जित हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा जोर्डनले लगातार ७ गोल गर्दै जित हात पारेको हो । ५२ औ मिनेटमा पहिलो गोल गरेको जोर्डनले त्यसपछि लगातार गोल गरेको थियो ।
ताजिकिस्तानले कुवेतविरुद्ध ९–० को फराकिलो जित हात पार्यो । सोहि मैदानमा पहिलो हाफमा ४–० को अग्रता बनाएको ताजाकिस्तानले दोस्रो हाफमा ५ गोल गर्दै शानदार जित हात पारेको हो । यो जितले ताजाकिस्तानलाई तालिकाको शीर्ष स्थानमा पुर्याएको छ । जोर्डनसंग समान ६ अंक भएपनि गोलअन्तरमा अघि रहदै ताजाकिस्तान शीर्ष स्थानमा उक्लिएको हो ।
नेपालले आफ्नो तेस्रो खेलमा भोली बलियो टोली ताजाकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । भोली नै जोर्डन र कुवेतबिच पनि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?