Logo

एएफसी फुटसल च्याम्पियनसिप : नेपालले आज उज्वेकिस्तानसंग खेल्दै

ई-खेलकुद २०७६ कात्तिक ७ , बिहीबार ०९:१० मा प्रकाशित

काठमाण्डौ । इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो टोली उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा हिजो ताजिकिस्तानसंग फराकिलो हार भोगेको नेपालले दोस्रो खेलमा बलियो टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । इरानको उर्मियामा बलियो टोली उज्वेकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल कम्तीमा बराबरीको नतिजा निकाल्ने योजनामा रहेको छ ।

पहिलो खेलमा अफगानिस्तानलाई ६–२ ले हराएको उज्वेकिस्तान प्रतियोगिताकै उपाधि दाबेदार टोली हो । आजको खेलमा पराजित भए नेपाल एक खेल अगावै छनोटको होडबाट बाहिरिने छ । नेपालले समुहचरणको अन्तिम खेलमा भोली अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनल चरणमा स्थान बनाउने छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?