
इरान- एएफसी फुटसल च्याम्पियनसिप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ। बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६-० गोलले पराजित भएको हो। पहिलो हाफमा ३-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो। सुरुवाती समय देखि निकै नै दबाबमा देखिएको नेपालले पहिलो हाफमा तजिकिस्तानको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो। तजिकिस्तानका खेलाडीले बारम्बार नेपालको पोस्टमा आक्रमण गरिरहदा गोलरक्षक सुमित कुमार आलेले केही उत्कृष्ट बचाउ गरेका थिए।
तर दोस्रो हाफ सुरु भएको चार मिनेट नबित्दै ताजिकिस्तानका खेलाडीले थप तीन गोल गर्दा उनको स्थानमा अनिस श्रेष्ठ मैदान प्रवेश गरे। दोस्रो हाफको पहिलो मिनेटमा नै ताजिकिस्तानले गोल गर्दै नेपालमाथी ४-० को अग्रता बनायो। त्यसपछी चौथो मिनेटमा दुई गोल गर्यो। पहिलो हाफ भन्दा दोस्रो हाफमा केहि सुधारिएको खेल प्रदर्शन गरेको नेपालले केही अवसर समेत श्रीजना गरेको थियो। तर पाएको अवसरलाई नेपालले सहि सदुपयोग गर्न सकेन।

सेन्टर तथा दक्षिण एशियाली छनोटको समूह ए मा रहेको ताजिकिस्तानले ३ अंक जोदेको छ। यता खराब सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बिहिवार उज्वेकिस्तानसँग खेल्ने छ।