Logo

एएफसी फुटसल एसियन कप छनोटमा नेपालको तेस्रो हार

ई-खेलकुद २०७८ चैत्र २९ , मंगलबार ०३:०४ मा प्रकाशित

काठमाडौं । किर्गीस्तानमा जारी एएफसी फुटसल एसियन कप  छनोटमा नेपालले लगातार तेस्रो हार भोगेको छ । यसअघि नै छनोटको होडबाट बाहिरिसकेको नेपाल आज भएको खेलमा अफगानिस्तानसँग ८–१ को फराकिलो अन्तरले पराजित भएको हो । योसँगै नेपालले समूहचरणमा खेलेका सबै खेलमा हार भोगेको छ । पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा जाजिकिस्तानसँग ११–१ को फराकिलो अन्तरले पराजित भएको थियो ।
अफगानिस्तानविरुद्व नेपालका सुमित श्रेष्ठले एक गोल गरे । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा १ गोल फर्काउँदै ६ गोल खाएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?