Logo

एएफसी छनोट फुटसलमा नेपाल जितविहीन

ई-खेलकुद २०७६ कात्तिक ८ , शुक्रबार ०९:१० मा प्रकाशित

एजेन्सी । इरानमा भएको एएफसी फुटसल च्याम्पियनसीप छनोटमा नेपाल जितविहिन हुदै प्रतियोगिताबाट बाहिरिएको छ । सेन्ट्रल र साउथ जोनबाट च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको नेपाल, छनोट चरणको अन्तिम खेलमा अफगानिस्तानसँग ६–२ गोल अन्तरले पराजित भयो । पहिलो हाफमा ३–२ ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खान पुग्यो । छनोटको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग ६–० र उज्वेकिस्तानसँग ४–१ ले पराजित भएको थियो । सन् २०२० मा तुर्केमिनिस्तानमा हुने एफसी फुटसल च्याम्पियनसिपका लागि समुह एबाट उज्वेकिस्तान र ताजकिस्तान छनोट भएका छन् ।
यसैबीच एएफसीको आज बसेको बैठकले फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई कारवाही गरेको छ । ताजकिस्ताविरुद्धको खेलमा रेफ्रीलाई दुव्र्यवहार गरेको भन्दै प्रशिक्षक गुरुङललाई एफसीले १ हजार डलर जरिवाना गरेको छ । उनलाई उज्वेकिस्तानविरुद्धको एक खेलमा समेत निलम्वन गरिएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?