Logo

एएफसी च्याम्पियनसिप छनोट खेल्न नेपाली अण्डर १६ टोली जोर्डन प्रस्थान

ई-खेलकुद २०७६ भदौ २६ , बिहीबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । एएफसी अण्डर १६ च्याम्पियनसीपको छनोट खेलन नेपाली टोली आज आयोजना स्थल जोर्डन गएको छ । २३ खेलाडी सहित ३१ सदस्सीय नेपाली टोली आज बिहान त्यसतर्फ उडेको हो । छनोटको समुह एमा रहेको नेपालले भदौ २८ गते आयोजक जोर्डनसंग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । नेपालले भदौ ३० गते कुवेत, असोज ३ गते ताजाकिस्तान र असोज ५ गते श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ ।
समुहको शीर्ष टोलीले च्याम्पियनसिपमा स्थान बनाउने छ । दोस्रो स्थानमा रहने टोलीको पनि च्याम्पियनसिप खेल्ने संभावना रहने छ । ११ समुहका शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानमा रहने उत्कृष्ट ४ टोलीले च्याम्पियनसिपमा स्थान बनाउने छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?