Logo

एएफसी एसियन कप छनोट : नेपाल र कुवेत आज भिड्दै

ई-खेलकुद २०७९ जेठ २८ , शनिबार ०७:०६ मा प्रकाशित

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज आयोजक कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
खेल कुवेतको आबिर अल अहमद स्टेडियममा नेपाली समयानुसार राती १० बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित भएका दुबै टोली दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेका छन् ।

पहिलो खेलमा नेपाल जोर्डनसँग १–० ले तथा कुवेत इन्डोनेसीयासँग २–१ गोल अन्तरले पराजित भएका थिए । छनोटको समूह एमा रहेका कुवेत र नेपाल तालिकाको तेस्रो र चौथो स्थानमा छन् । फिफा वरीयतामा २१ स्थानमाथि रहेको कुवेत नेपालविरुद्ध जितको श्रृखला कायम राख्दै तालिकामा पहिलो अंक हात पार्ने प्रयासमा रहने छ । बलियो टोली जोर्डनविरुद्ध सम्हालिएको खेल खेलेको नेपाल पनि घरेलु टोलीलाई कम्तीमा बराबरीमा रोक्ने प्रयासमा हुनेछ ।

नेपाल र कुवेतबीच हालसम्म ८ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये सात खेल कुवेतले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । विश्वकपको छनोट अन्तर्गत दोस्रो चरणको खेलमा कुवेत घरेलु मैदानमा नेपाललाई ७–० ले हराएको थियो भने भुटानमा भएको अर्को खेलमा नेपालले १–० को हार भोगेको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेल जेठ ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?