Logo

एएफसी एसियन कप छनोट: नेपालले आज इन्डोनेसियासँग खेल्दै

ई-खेलकुद २०७९ जेठ ३१ , मंगलबार १०:०६ मा प्रकाशित

काठमाडौं । कुवेतमा जारी एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली समयानुसार मध्यराती १ बजे सुरु हुनेछ ।

सुरुवाती दुबै खेल गुमाएको नेपाल अन्तिम खेलमा जित निकाल्दै छनोटको सुखद अन्त्य गर्ने योजनामा छ । घरेलु टोली कुवेतलाइृ हराएको ईण्डोनेसिया नेपाललाई फराकिलो अन्तरले हराउँदै छनोटको संभावना जिवितै राख्ने योजनामा छ ।

जोर्डनसँग पराजित भएको ईण्डोनेसियाले कुवेतविरुद्ध २–१ को जित दर्ता गरेको थियो । नेपाल भने छनोटको होडबाट यसअघि नै बाहिरिसकेको छ । पहिलो खेलमा जोर्डनसँग २–१ ले पराजित भएको नेपालल दोस्रो खेलमा कुवेतसँग ४–१ को फराकिलो अन्तरले स्तब्ध भएको थियो ।

छनोटको समूह ए मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा छ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?