Logo

एएफसी अण्डर १९ छनोट च्याम्पियनसीपका लागि २७ खेलाडी छानिए

ई-खेलकुद २०७६ कात्तिक ९ , शनिबार ०२:१० मा प्रकाशित

काठमाण्डौ । ईरानमा अर्को महिना हुने एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटका बन्द प्रशिक्षणमा रहेका ३१ बट २७ सदस्सीय टोली चयन गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले ४ खेलाडीलाई बिदा गर्दै २७ जनाको प्रारम्भीक टोली घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक मेघराज केसीले बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडी विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी र पुजन होनालाई टोली राखेका छन् । त्यस्तै बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन २७ सदस्सीय टोलीमा परेका छन् । दर्शन गुरुङ, शिशिर लेखी, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, नितिन थापा, अनिल महर्जन र दिनेश हेम्जनलाई पनि टोलीमा राखिएको छ । अन्य सदस्यहरुमा ब्रिजेश चौधरी, मनिष डाँगी, राजिव लोप्चन, रेजिन शुब्बा र दिपेश आले मगर छन् । सुरुवाती प्रशिक्षणमा रहेका ४८ खेलाडीबाट टोली २७ जनामा झारिएको हो ।
अर्को महिना ईरानमा हुने छनोटमा नेपालले युएई, ईरान र कीगिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?