Logo

एएफसी अण्डर १९ छनोटका लागि नेपाली टोलीको घोषणा

ई-खेलकुद २०७६ कात्तिक १६ , शनिबार ०१:११ मा प्रकाशित

काठमाण्डौ । एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ईरानमा हुने प्रतियोगिताका लागि टोलीको घोषणा गरेको हो । टोलीमा विशाल सुनार, रोहित कार्की, पुजन होना, बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ,निराजन महर्जन रहेका छन् ।

अन्य सदस्यहरुमा दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेम्जन, मनिष डाँगी, राजिव लोप्चन, रेजिन शुब्बा र दिपेश आले मगर रहेका छन् ।
मुख्य प्रशिक्षक मेघ राज केसीले २७ सदस्सीय टिमबाट ४ खेलाडीलाई बिदा गर्दै अन्तिम टोलीको घोषणा गरेका हुन् । इरान, युएई र कीर्गिस्तान रहेको समुह डीबाट नेपालले छनोट खेल खेल्नेछ । प्रतियोगिता ईरानमा नोभेम्बर ६ बाट सुरु हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?