Logo

एएफसी अण्डर १९ च्याम्पियनसीप छनोट : नेपालले आज बलियो टोली युएईसंग खेल्दै

ई-खेलकुद २०७६ कात्तिक २० , बुधबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । एएफसी अण्डर १९ च्याम्पियन्सीप छनोट प्रतियोगिता ईरानमा आज सुरु हुदैछ । प्रतियोगीताको उद्घाटन खेलमा नेपालले बलियो टोली युएईसंग प्रतिस्पर्धा गर्दैछ । तेहरानमा नेपाली समयानुसार साँझ ५ बजे मैदान उत्रदा नेपालको लक्ष्य कम्तीमा बराबरीको नतिजा निकाल्नु हुनेछ । प्रशिक्षक मेघराज केसीले बलियो टोली युएईबिरुद्ध रक्षात्कम खेलमा बिशेष जोड दिने बताउनुभयो । युएईबिरुद्धको खेलका लागि टोली पुर्णत तयार रहेको भन्दै केसीले दबावरहित रुपमा आफ्नो टोली मैदान उत्रने बताउनुभयो । समुह डीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार आयोजक ईरान र अन्तिम खेलमा आईतबार किर्गीस्तानसंग प्रतिस्पर्धा गर्नेछ । समुहको शीर्ष टोलीले च्याम्पियनसीपमा स्थान बनाउनेछ । प्रतियोगीता खेल्न नेपाली टोली रेजिन सुब्बाको कमानीको नेपाली टोली सोमबार ईरान गएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?