Logo

एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटमा नेपाललाई पहिलो अंक, किर्गीस्तानसंग बराबरीको नतिजा

ई-खेलकुद २०७६ कात्तिक २४ , आईतबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । ईरानमा जारी एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटमा नेपालले पहिलो अंक जोडेको छ । आज भएको खेलमा नेपालले बलियो टोली किर्गीस्तानसंग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । यो संगै नेपालले तालिकामा १ अंक जोड्दै प्रतियोगीता टुङग्याएको छ । तेहरानस्थित पास स्टेडियममा निक्कै सुधारिएको खेल खेलेको नेपालले दोस्रो हाफमा भने राम्रा मुभ बनाएको थियो । तर पाएका अवसरमा चुक्दा जितसंगै प्रतियोगीता सकाउने नेपालको योजना असफल बन्यो ।
समूह ’डी’ मा रहेको नेपालले युएई र ईरानसंग समान ४–० को हार भोगेको थियो । ३ खेलबाट नेपाल १ अंकमा तालिकाको पुछारमा रह्यो । बराबरीसंगै किर्गीस्तानको ४ अंक भएको छ । उ तालिकाको दोस्रो स्थानमा कायम छ । यो समुहबाट आयोजक ईरानले यसअघि नै च्याम्पियनसीपमा स्थान बनाईसकेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?