Logo

एएफसी अण्डर १९ च्याम्पियनसीप छनोट : पहिलो हाफमा नेपाल र किर्गीस्तानको बराबरी

ई-खेलकुद २०७६ कात्तिक २४ , आईतबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । ईरानमा जारी एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटको आफ्नो अन्तिम खेलमा नेपालले अहिले बलियो टोली किर्गीस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ । तेहरानस्थित पास स्टेडियममा खेलको पहिलो हाफ सकिदा नेपाल र किर्गीस्तानले गोलरहित बराबरी खेलेका छन् । सुरुवाती २ खेलभन्दा केहि सम्हालिएको प्रर्दशन गरेको नेपालले बिपक्षीको पोष्टमा केहि अवसर पनि सृजना गरेको छ । यद्यपी त्यसमा सफल भने हुन सकेको छैन् ।
समूह ’डी’ मा रहेको नेपालले युएई र ईरानसंग समान ४–० को हार भोगेको थियो । एक खेल अगावै छनोटको होडबाट बाहिरिएको नेपाल प्रतियोगीतामा सुखद अन्त्यको योजनामा रहेको छ ।
ईरानसंग हार भोगेको किर्गीस्तान भने ३ अंकमा तालिकाको दोस्रो स्थानमा छ । नेपाललाई फराकिलो अन्तरले हराउन सके, उसको अघिल्लो चरण प्रबेशको संभावना बलियो बन्नेछ । यो समुहबाट आयोजक ईरानले यसअघि नै च्याम्पियनसीपमा स्थान बनाईसकेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?