Logo

एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटको पहिलो खेलमा युएईसंग नेपाल पराजित

ई-खेलकुद २०७६ कात्तिक २० , बुधबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । ईरानमा जारी एएफसी अण्डर १९ च्याम्पियनसीप छनोटको पहिलो खेलमा नेपाल बलियो टोली युएईसंग पराजित भएको छ । तेहरानस्थित अन्तराष्ट्रिय रंगशालामा युएईले नेपाललाई ४–० ले पराजित गरेको हो । एकपक्षिय खेलमा पहिलो हाफमा २–० को अग्रता बनाएको युएईले दोस्रो हाफमा २ गोल थप्दै फराकिलो जित निकालेको हो ।
शारिरीक रुपमा पनि शसक्त टोली युएईले खेलको २८ औ मिनेटमा पहिलो गोल गरेको थियो । गोलरक्षकको गल्तीको फाईदा उठाउदै मध्यभागबाट प्रहार भएको बलले सिधै जाली चुमेको थियो । खेलको ३८ औ मिनेटमा अर्को गोल गरेपछि पहिलो हाफमा युएई २–० ले अघि बढेको थियो । दोस्रो हाफमा पनि आक्रमणलाई निरन्तरता दिएको युएईले नेपाली पोष्टमा आधा दर्जन बढि प्रहार गरेको थियो । जसमा २ गोलले जाली चुमेका थिए ।
नेपालबिरुद्ध अधिकांश समय बलमाथी नियन्त्रण जमाएको युएईका केहि प्रहार भने रक्षापक्तिले विफल पारेका छन् । छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार आयोजक ईरानको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?