Logo

एएफसी अण्डर १६ छनोटमा नेपाल जोर्डनसंग फराकिलो अन्तरले पराजित

ई-खेलकुद २०७६ भदौ २९ , आईतबार ०७:०९ मा प्रकाशित

काठमाण्डौ । एएफसी अण्डर १६ छनोट फुटबलको पहिलो खेलमा नेपाल, आयोजक जोर्डनसंग ७–० को फराकिलो अन्तरले पराजित भएको छ । गएराती भएको खेलमा बलियो टोली जोर्डनले नेपालबिरुद्ध शानदार जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको हो । नेपालबिरुद्ध पहिलो हाफमा ५ गोल गरेको जोर्डनले दोस्रो हाफमा २ गोल थपेको थियो ।
उसको जितमा अब्देल कादिरले ह्याट्रिक गरे । २० औ मिनेटमा पहिलो गोल गरेका उनले ४४ र ५१ औ मिनेटमो गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । अहमद हेमान, अली अहमद, महम्मद खालिद र साराज मुनिरले एक एक गोल गरे । सुरुवात देखीनै जोर्डनको दबाव खेपेको नेपालले १६ मिनेटमै पहिलो गोल खाएको थियो । त्यसपछि नियमित रुपमा जोर्डनले नेपालको पोष्टमा गोल गर्दै फराकिलो जित हात पार्यो । नेपालले दोस्रो खेलमा भोली कुवेतसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?