Logo

एएफसी अण्डर १६ च्याम्पियनसीपको छनोटमा नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दै

ई-खेलकुद २०७६ भदौ ३० , सोमबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । जोर्डनमा जारी एएफसी अण्डर १६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले आज बलियो टोली कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा आयोजकसंग ७–० को फराकिलो हार भोगेको नेपाल, दोस्रो खेलमा बलियो प्रतिद्धन्दीको सामना गर्न लागेको हो । जोर्डनस्थित प्रिन्स महम्मद स्टेडियममा नेपाली समयानुसार राती पौने ११ बजे प्रतिस्पर्धा सुरु हुनेछ । नेपाली टोली कुवेतलाई बराबरीमा रोक्दै पहिलो अंक जोड्ने योजनामा रहेको छ ।
पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको कुवेत, अर्को दक्षिण एसियाली मुलुकबिरुद्धपनि त्यस्तै नतिजाको खोजीमा रहेको छ । छनोटको समुह एमा रहेको नेपालले कुवेतपछि ताजाकिस्तान र अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । समुहको शीर्ष टोली दोस्रो चरणमा प्रबेश गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?