
काठमाण्डौ । जोर्डनमा जारी एएफसी अण्डर १६ च्याम्पियनसिप फुटबलको छनोटमा नेपालले आज श्रीलंकासंग प्रतिस्पर्धा गर्दैछ । यसअघि नै प्रतियोगिताको अघिल्लो चरणको होडबाट बाहिरिसकेको नेपालले समुहचरणको अन्तिम खेलमा श्रीलंकाको सामना गर्ने लागेको हो ।
जोर्डनको प्रिन्स महम्मद स्टेडियममा नेपाली समयानुसार राती पौने ८ बजे नेपाल र श्रीलंकाबिचको प्रतिस्पर्धा सुरु हुनेछ । अघिल्ला ३ मध्ये २ मा हार र एक खेल बराबरी खेलेको नेपाल अन्तिम खेलमा सुखद नतिजाको योजनामा रहेको छ । अघिल्ला तीनै खेल गुमाएको श्रीलंका प्रतियोगितामा पहिलो अंक जोड्ने लक्ष्यमा नेपालबिरुद्ध मैदान उत्रनेछ ।
आजै ताजाकिस्तान र जोर्डनबिचपनि प्रतिस्पर्धा हुनेछ ।
